
पोखरा, १० असाेज । नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी गंगाधर पराजुलीलाई ६८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । सभापतिमा ६ जनाको उम्मेदवारी परेको थियो ।
शनिबार भएको निर्वाचनमा कुल १ हजार ३ सय ७० मतदातामा १ हजार ३ सय ४४ मत खसेको थियो । जसमध्ये सुरेन्द्रले ४१४ मत प्राप्त गरेका छन् । यस्तै उनका निकटतम प्रतिद्वन्दी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे । रामराज लामिछानेको २०९ मत आउँदा मिलन प्रसाद तिवारीले १५३ मत प्राप्त गरे । मोहन प्रसाद बास्तोलाले १२६ मत ल्याएका छन् भने ज्योती हमाल सबैभन्दा कम ११ मत प्राप्त गरेकी छिन् ।
उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरेका छन् । सचिवमा टुबराज बास्तोला र गणेश बहादुर थापा विजयी भएका छन् । बास्तोलाले ८५८ मत ल्याएका छन् भने थापाले ७८९ मत प्राप्त गरेका छन् ।
सहसचिवमा संघर्ष कोइराला र संजय आले विजयी भएका छन् । कोइरालाले ५८० मत प्राप्त गरेका छन् भने आलेले ४६५ मत प्राप्त गरेका छन् ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



