बुद्ध एयरको जहाज अवतरण हुन सकेन, सम्भावित दुर्घटनाबाट जोगाउन उच्च सतर्कता

-



     सफल आवाज    
     असाेज ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ असोज । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ ।
काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । सम्भावित दुर्घटनाबाट जोगाउन विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।