ठुलाे दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज, काठमाडौं बिमानस्थलमा सहज अवतरण

-



     सफल आवाज    
     असाेज ११ गते २०७८ मा प्रकाशित


दुर्घटना हुनबाट जाेगिएर अवतरण गरेपछि बुद्ध एयरकाे जहाज


काठमाडौं, ११ असोज । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको जहाज अन्तत: काठमाडौं बिमानस्थलमा सहज अवतरण भएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । जहाज काठमाडौंकै आकाशमा लामो समय होल्डपछि अन्तत सहज अवतरण भएको हो ।

जहाजमा समस्या भएपछि सम्भाबित दुर्घटनाबाट जाेगाउन बिमानस्थलमा सबै प्रकारका सुरक्षाकाे प्रबन्ध गरिएकाे थियाे । जसका कारण करिब १ घण्टा काठमाडौंअन्तराष्टीय बिमानस्थल क्लाेज गरिएकाे थियाे ।