
काठमाडौं, ११ असाेज । नेपालका अधिकांश बैंकहरूमा तरलता अभाव हुन थालेकाे छ। जसका कारण निक्षेपको ब्याजदर समेत बढ्न थालेकाे छ । कतिपय बैंकसँग राष्ट्र बैंकले तोकेको अनिवार्य तरलता अनुपात कायम गर्नेसमेत पैसा अभाव हुन थालेको बैंकरहरूले बताएका छन।
एउटाकाे निक्षेप अर्कोले खोसिदिने र निक्षेपको नयाँ स्रोत नभएकाले बैंकहरुसँग कुल निक्षेपको ३ प्रतिशत सीआरआर कायम गर्ने पैसा पुग्न छाडेको देखिएकाे छ। तरलता संकटपछि राष्ट्र बैंकले बिहीबार बैंकहरुलाई ७ दिनका लागि ३० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो। आइतबार अन्तर बैंक ब्याज दर ४.९८ प्रतिशतसम्म पुगेको थियो। अन्तर बैंक सापटी नपाएपछि बैंकहरुले राष्ट्र बैंक गुहारेका हुन्।
तरलता अभाव भएका बैंकहरुलाई ब्याज नआउने सीआरआर कायम गर्न राष्ट्र बैंकले अहिले ५ प्रतिशत ब्याज असुलेर सापटी उपलब्ध गराइरहेको छ। चालु आर्थिक बर्ष लागेदेखि नै तरलता संकट ब्यहोरिरहेका बैंकहरुले याे हप्ताबाट निक्कै असहजता भोगिरहेका छन। अहिले सरकारले खर्च नगर्ने र भएको निक्षेप विदेशबाट सामान आयात गर्न प्रयोग हुँदा तरलता अभाव चुलिएको बैंकहरूकाे बुझाइ छ।
याे अभावलाई ब्यबस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुले आइतबार २१ अर्ब ९४ करोड रुपैयाँ एसएलएफ चलाएका छन्। गत बुधबार २७ अर्ब ३४ करोड चलेको थियो । मंगलबार १५ अर्ब ४९ करोड चलेको थियो । बैंकहरुले तरलता अभाव भएपछि निक्षेपको ब्याजदर बढाउन थालेका छन्। तर नयाँ निक्षेपमा सुधार हुन सकेको छैन। आयातका लागि ऋण बिस्तार हुँदा तरलता संकट झन्झन् बढिरहेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



