
वासिङ्गटन डिसी, १४ असोज । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडा र अमेरिकाको म्यासाचुसेटस राज्यका गभर्नर चार्ली वेकरबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ । भेटका अवसरमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन, शिक्षा र संस्कृतिको आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो ।
उक्त राज्य अमेरिकाको इतिहास, प्राज्ञिक र औद्योगिक विकासका लागि महत्वपूर्ण राज्य मानिन्छ । यसैबीच अमेरिकाको म्यासाचुसेटस राज्यले अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडालाई सम्मान गरेको छ । उक्त राज्यका दुवै सदनका तर्फबाट सिनेटका अध्यक्ष रोनाल्ड मारियानो र उपाध्यक्ष विलियम ए ब्राउनसवर्गरले शिष्टाचार भेटसमेत गरे। उनलाई प्रदान गरिएको प्रशंसा पत्र खतिवडाको सार्वजनिक सेवा तथा नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध थप मजबुत बनाउन खेलेकाे भूमिकाका लागि प्रदान गरिएको जनाइएको छ ।
राजदूत खतिवडाले उक्त राज्यको क्याम्ब्रिज सहरका मेयर सुम्बुल सिद्दिकीसँग समेत भेट गरे । भेटका अवसरमा मेयर सिद्दिकीले उक्त सहरको साँचो दिएर राजदूत खतिवडालाई स्वागत गरे । भेटमा नेपालको काठमाडौं सहर र उक्त सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, स्थानीय सहर सञ्चालनमा अनुभव आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो ।फाेटाेः दूतावास






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



