काठमाडौंमा सभा–सम्मेलन गर्न प्रशासनले लगायो रोक

-



     सफल आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असोज। जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा यस्तो आदेश जारी गरिएको हो ।

“कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले अनावश्क रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्नेरनगराउने” प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।