प्रभु क्यापिटलले ल्यायो चाडपर्व लक्षित डबल धमाका अफर, १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिने

-



     सफल आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित



काठमाडौं,१८ असोज । प्रभु क्यापिटलले आउदै गरेको चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गदैं डबल धमाका अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत अब प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै निःशुल्क शेयर बजार सम्बन्धी तालिम समेत लिन पाइनेछ ।


यो योजनामा प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई छनोट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने बताइएको छ ।

दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबार साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गरिनेछ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।


यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्ने प्रभु क्यापिटलका प्रबन्ध संचालक दिनेश थकालीले बताए । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रयाेग गर्नसक्ने ब्यबस्था गरिएको कंपनीले जनाएको छ ।


प्रभु क्यापिटलको यो योजनाको अबधी असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहने र दैनिक विजेताहरुको सूची १ दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले सफल आवाजलाई बताएका छन ।