पोखरामा थपिदैं नयाँ गन्तव्य, डाँडाखर्कमा जैविक विविधता पार्क बन्ने

-



     सफल आवाज    
     असाेज १८ गते २०७८ मा प्रकाशित




पोखारा–१८ असोज । पोखरा महानगरपालिका–२३ पामेबजारपारिको विरिम डाडाखर्कमा जैविक विविधता पार्क बन्ने भएको छ । डाडाखर्क विरिम जौछरे सामुदायिक बन उपभोक्ता समूहको सक्रियतामा पार्क निर्माणको काम तिव्र गतिमा अगाडी बढाइएको जैविक विविधता पार्क निमार्ण समितिका अध्यक्ष डम्बर पुनले सफल आवाजलाई बताए ।


यो पार्क निर्माण भएपछी पोखरा आउने प्रकृतीप्रेमी पर्यटकका लागी नयाँ गन्तव्य थपिने र पोखरामा पर्यटकको बसाई लम्बिने पर्यटन ब्यवसायीहरु बताउछन ।


पुनकै पहलमा उक्त क्षेत्रमा यो पार्कको अवधारणा ल्याएको स्थानीयवासी बताउछन् । ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त जैविक विविधता पार्कमा आगामी असोज २२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समुद्घाटन गर्ने बताइएको छ ।


म्याग्दीमा जन्मिएका डम्बर पुनले दुई दशक भन्दा बढी काठमाडौंको ठमेलमा व्यवसाय गरेपछि अहिले समाजको विकास र प्रकृती संरक्षणमा लाग्ने लक्ष्य लिएर १० वर्षदेखि यही विरिम डाडाखर्कमा बसोबास गरिरहेका छन् । उनले साेही स्थान नजिक करिब ४० रोपनीमा ब्याक टु नेचर (Back to Nature) नामको होटल पनि संचालन गरिरहेका छन् ।

जैविक विविधता पार्क निमार्ण समितिका अध्यक्ष डम्बर पुन , विरिम डाडाखर्ककाे पार्क निमार्णस्थलमा ।
जैविक विविधता पार्क निमार्णस्थल, विरिम डाडाखर्क ।
जैविक विविधता पार्क निमार्णस्थलमा बनाइएकाे पाेखरी ।
जैविक विविधता पार्क निमार्णस्थलमा बनाइएकाे चाैतारीमा राेपिएकाे बर पिपल ।
जैविक विविधता पार्क निमार्णस्थलमा काम गर्दै स्थानिय ।