सेलवेजको २९ औं शाखा शान्तिनगर पोखरामा खुल्यो, शुभारम्भका अवसरमा १० प्रतिशत छुट र फ्रि होम डेलिभरी सुबिधा

-



     सफल आवाज    
     असाेज २० गते २०७८ मा प्रकाशित



काठमाडाैं, २० असोज । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराकाे शान्तिनगरचाेकमा २९ औं शाखा बिस्तार गरेको छ । असोज २१ गते बिहिबारदेखि पोखरा महानगरपालिका ७ शान्तिनगरस्थित वराल पेट्रोल पम्पसंगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गर्न लागेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोर प्रा.लिका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए ।

पोखरामा शान्तिनगरमा नयाँ सेवा बिस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो, प्रमुख व्यवस्थापक दयालले भने, यसको लागत करिब ८ करोडको रहेको छ । यस नयाँ शाखामा खाद्य सामग्रीका सम्पूर्ण सामान बिक्रीमा रहनेछन् । स्थानिय उपभोक्ताका लागि तथा लेकसाईडका होटल तथा रेष्टूरेन्टका लागि आवश्यक पर्ने सबै सामग्रीहरु याे शाखामा पाइने गिरिले बताए ।

स्टोरको भुईं तलामा खाद्य सामग्री र सौन्दर्यका सामग्री राखिएको छ । पहिलो तलामा इलेक्ट्रोनिक सामग्री र दोश्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखिएको छ ।

पोखरा शान्तिनगरमा खोलिएको याे शाखाबाट शुभारम्भको अवसरमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने फ्रि होम डेलिभरीको व्यवस्था समेत गरिएको बताइएकाे छ ।

सेलवेज र सेल्सबेरीका गण्डकी प्रदेश प्रमुख दयाल गिरी पत्रकार सम्मेलनमा जानकारी दिदैं ।

सेलवेजले सन् १९९३ देखि पोखराको चिप्लेढुंगाबाट सामान्य खाद्य पसलबाट सेवा आरम्भ गरेको थियो । तर अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदैं आएको छ । निकट भविष्यमै पोखरा र लेखनाथका केही स्थानमा आउटलेट बिस्तार गर्ने योजना रहेकाे कंपनीले जनाएकाे छ ।

विशेषतः सेलवेज डिपार्टमेन्टल स्टोर प्रा.लिले पोखरा र काठमाडौंका विभिन्न स्थानका शाखाहरुबाट सेवा दिईरहेको छ । सेलवेज र सेल्सबेरी सहित पोखरा शान्तिनगरमा खोलिएको छैटौं शाखा पनि आम ग्राहकको रोजाईमा पर्ने गिरिले बताए । उनले भने, हामी हाम्रो सेवामा विश्वास गर्छौं, गुणस्तरमा ध्यान दिन्छौं र ग्राहकलाई सन्तुष्ट पार्र्छाैं । उनका अनुसार पोखरामा हाल चिप्लेढुंगा, लेकसाईड, विरौटा, भद्रकाली र बगरमा शाखाहरु रहेका छन् ।

काठमाडौंमा सातदोबाटो, सितापाईला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ति, पेप्सिकोला, मुलपानी, मैजुवहाल, ककनी, सुकेधारा, हात्तिगौंडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर र भैंसेपाटीमा शाखाहरु संचालनमा रहेका छन ।

पाेखराकाे सेलवेज काठमाडौं सन् २००४ मा प्रवेश गरेको हो । २०१४ बाट सेल्सबेरीको नामबाट पनि शाखाहरू संचालनमा आएका थिए। यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा संचालनमा रहेकाे कंपनीले जनाएकाे छ ।

कम्पनीले नयाँ वर्ष २०७९ सालबाट काठमाडौंको महाराजगञ्जमा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मल संचालनमा ल्याउने तयारी गरिरेहेको छ । यता कास्कीको लेखनाथमा नयाँ शाखा बिस्तारको तयारी पनि गरिएको प्रमुख व्यवस्थापक दयाल गिरिले सफल आवाजलाई जानकारी दिए ।