शान्तिनगर पोखरामा खुल्याे सेलवेजको २९औं शाखा

-


     सफल आवाज    
     असाेज २१ गते २०७८ मा प्रकाशित


पोखरा, २१ असाेज । सेलवेज डिपार्टमेन्टल स्टाेरको २९औं शाखा शान्तिनगरचाेक पोखरामा आज बिहीबारबाट शुरू भएको छ। पोखराको शान्तिनगरमा स्थापना गरिएको शाखाको सेलवेज ग्रुपका अध्यक्ष सुशीलदेव प्रधानाङगले उद्घाटन गरेका थिए । सेलवेजको उक्त नँया शाखामा पहिलो दिन ग्राहकको बाक्लाे उपस्थिति देखिएको र उल्लेख्य काराेबार भएकाे सेलवेज डिपार्टमेन्टल स्टाेर गण्डकी प्रदेश प्रमुख दयाल गिरीले बताए ।

शाखा शुभारम्भको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै १० प्रतिशत छुट प्रदान गरिएको गिरीले जानकारी दिए । ग्राहकका लागी ‘निःशुल्क होम डेलिभरीको सुविधा रहेकाे बताइएकाे छ । नयाँ शोरुममा भुईं तलामा खाद्य तथा सौन्दर्य सामग्री, पहिलो तलामा इलेक्टोनिक्स तथा घरायसी प्रयोजनका सामाग्री र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखिएका छन् ।

पोखरामा शान्तिनगरमा नयाँ सेवा बिस्तार गरिएको शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो, प्रमुख व्यवस्थापक दयालले भने, यसको लागत करिब ८ करोडको रहेको छ । यस नयाँ शाखामा खाद्य सामग्रीका सम्पूर्ण सामान बिक्रीमा रहनेछन् । स्थानिय उपभोक्ताका लागि तथा लेकसाईडका होटल तथा रेष्टूरेन्टका लागि आवश्यक पर्ने सबै सामग्रीहरु याे शाखामा पाइने गिरिले बताए ।