
नयाँ दिल्ली, भारत, २३ असोज । डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छन् । तीन दिने भ्रमणमा रहेकी फ्रेडरिकसेनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा एक औपचारिक कार्यक्रम गरी स्वागत गरे ।
“हामी भारतलाई घनिष्ठ साझेदार ठान्छौं । यो भ्रमण डेनमार्क–भारत द्विपक्षीय सम्बन्धका लागि कोशेढुंगाको रूपमा म देख्छु,” उनले भने । भ्रमणका क्रममा फ्रेडरिकसेनले राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार नै भेटिन् । त्यसपछि लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरिन् । थिङ्क ट्यांक, विद्यार्थी र नागरिक समाजका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । उनी कोभिड–१९ प्रतिबन्ध लगाइएपछि गत मार्चदेखि भारत भ्रमण गर्ने पहिलो राज्य प्रमुख भएका कारण भारतले फ्रेडरिकसेनको भ्रमणलाई निकै महत्वपूर्ण भनेको छ ।
यसै वर्षको सुरुतिर विदेशमामिला मन्त्री डा. एस जयशंकरले डेनमार्क भ्रमण गरेका थिए । भारत र डेनमार्कको व्यापार र लगानीको सम्बन्ध बलियो छ । भारतमा २०० भन्दा बढी डेनिस कम्पनीहरू उपस्थित छन् र डेनमार्कमा ६० भन्दा बढी भारतीय कम्पनीहरूको उपस्थिति छ । नवीकरणीय ऊर्जा, स्वच्छ प्रविधि, जल तथा फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन, विज्ञान तथा प्रविधि, आइसिटी, स्मार्ट सिटी, ढुवानी लगायतका क्षेत्रमा बलियो सहकार्य रहेको छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




