सोलुखुम्बु, २४ असोज । बाह्र विद्यार्थीसहित १८ जनाको टोलीले सोलुखुम्बुमा पर्ने ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन् । नेपाल माउन्टेन एकेडेमी प्रथम व्याजका १८ विद्यार्थीले उक्त हिमालको अध्ययन आरोहण गरेका हुन् । अध्ययन आरोहणका व्यवस्थापक रिफ्युज मेरा लजका सञ्चालक जाङ्बु शेर्पाका अनुसार असोज १ गते काठमाडाैंबाट उक्त टोली सडकमार्ग हुँदै मेरा पिकतर्फ हिँडेको थियो ।
एकेडेमीका १५ विद्यार्थीसहित २१ जनाको टोली अध्ययन आरोहणमा निस्किएको भए पनि तीन जना भने चुचुरोमुनिबाट फिर्ता भएको शेर्पाले बताए । पाँच हजार ८०० मिटर उचाइको हाइक्याम्पबाट शुक्रबार बिहान ३ बजे आरोहण सुरु गरेको अध्ययन आरोहण टोली ९ः४८ मा चुचुरोमा पुगेको थियो । अठार जना चुचुरो पुग्नेमा १२ विद्यार्थी र छ शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रका व्यक्ति रहेको शेर्पाले जानकारी दिए । उनले दिएको जानकारीअनुसार १२ विद्यार्थीमा सौरव नेपाल, अनिश दाहाल, सञ्जय भट्ट, प्रान्जल पोखरेल, अनुप्रस्त पौडेल, पासाङ नुरु शेर्पा, प्रशान्त राउत, निरेन महर्जन, डोल्मा लामा, अशोक नेपाल, सुशान्त ढुङ्गेल र पोशन शाही छन् ।
यस्तै एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, निर्देशक उत्तम भट्टराई, सञ्चालन समिति सदस्य तथा गाइड छिरिङ जाङ्बु शेर्पा, माउन्टेन गाइड हरेराम खड्का, लाक्पा शेर्पा र अक्याडेमिक सुपरभाइजर डा वसन्त पौडेल रहका छन् । छ हजार ४७० मिटर उचाइको मेरा पिक मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत सोलुखुम्बुको महाकुलुङ गाँउपालिका–१ मा पर्छ । नेपालको सबैभन्दा अग्लो टे«किङ पिक मेरा पिकको आधार शिविर चार हजार ९०० मिटर उचाइमा रहेको छ ।
विसं २०५९ जेठ १६ मा नेपाल सरकारको निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल माउन्टेन एकेडेमी स्थापना भएको हो । यो हिमाल आरोहणसम्बन्धी स्नातक कोर्स बिएमएस सञ्चालन गर्ने विश्वको प्रथम एकेडेमीका रूपमा परिचित छ । यहाँ विसं २०७५ कात्तिकबाट कक्षा सञ्चालन भएको थियो । मेरा पिक हुँदै सगरमाथा आरोहणको यात्रासमेत तय गर्न सकिने भए पनि प्रचार–प्रसार नुहँदा ओझेलमा परेको बताउँदै सञ्चालक शेर्पाले यसको प्रवद्र्धनका लागि ती विद्यार्थीलाई अध्ययन भ्रमणमा ल्याएको बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



