घान्द्रुक जीप दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको सनाखत

-



     सफल आवाज    
     असाेज २५ गते २०७८ मा प्रकाशित



पोखरा, २५ असोज । कास्कीको घान्द्रुकमा आज भएको जीप दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ । मृतक सबैकाे सनाखत भएकाे छ ।

मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने चालक ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, सोही स्थानकी बर्ष २४ की सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री रहेका छन् ।

पोखरा घान्द्रुक रुटमा चल्ने सो जीप पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नं को बलेरो जीप हो । उक्त जीप घान्द्रुकको कालडाँडा भीरमा पुग्दा दुर्घटनामा परेको थियाे । एकजना महिला घाईते भएकि छन् । उनलाई उपचारको लागि पोखरा ल्याईएकाे छ ।

दुर्घघटना भएको थाहा पाए लगत्तै प्रहरीको टोलि पुगेर उद्धार गरेको अमृत गुरुङले बताए । घाईते तथा मृतकहरुको शवलाई पोष्टमार्टमका लागि पाेखरा पठाईएको घान्द्रुकबाट पर्यटन व्यवसायी किसम गुरुङले सफल आवाजलाई बताए । प्रहरीका अनुसार मृतकको शवहरु क्षतविक्षत् अवश्थामा भेटिएका छन् ।