चाडपर्वको बिदामा पेट्रोल पम्म र निगमका डिपो खुल्लै रहने

-


     सफल आवाज    
     असाेज २६ गते २०७८ मा प्रकाशित


काठमाडौं, २६ असोज । नेपाल आयल निगमले चाडपर्वको बिदाका दिनमा पेट्रोल पम्प तथा निगमका डिपोहरुबाट पेट्रोलियम पदार्थको बिक्री वितरण हुने जानकारी दिएको छ ।

निगमका अनुसार दशैं, तिहार, नेपाल संवत, छठलगायतका पर्वहरुको बिदाका दिनमा देशभरका पेट्रोल पम्प तथा आयल निगमका डिपोहरु खुल्लै रहनेछन् ।

पेट्रोल पम्पहरु खुल्लै हुन्छन् कुनै चिन्ता लिनु पर्दैन । निगमले पम्पहरु खुल्लै रहने भएकोले बिदाको अवधिका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्नुपर्ने आवश्यक्ता नभएको बताएको छ ।

चाडपर्वको बेलामा पेट्रोलियम पदार्थको उपलव्धता वा आपूर्तिमा कुनै कठिनाई भएको खण्डमा तुरन्तै आयल निगममा सम्पर्क गर्न पनि सकिने निगमले भनेको छ ।