माछापुच्छ्रे बैंकका काठमाडौंसहित विभिन्न जिल्लामा दशैं काउन्टर खुल्ला

-


     सफल आवाज    
     असाेज २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ असोज । दशै‌काे बिदामा दिनमा केहि बैंकहरुले आफ्ना दशैं काउन्टरहरु निश्चित समय तोकेर खुल्लै रहेको बताएका छन् । यसैक्रममा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्येनजर राख्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा दशैं काउन्टर खुल्ला गरेको जनाएको छ ।

बैंकले दशैंको टीकाको दिन असोज २९ गते बाहेक असोजको २६ गते फूलपातीदेखि असोज २७ गते, असोज २८ गते र असोज ३० गते दशैं काउन्टर संचालनमा रहने जनाएको छ । बैंकका अनुसार असोज २६ मा काठमाडौंसहित देशका विभिन्न स्थानमा ११ वटा शाखाबाट दशैं काउन्टर खोलेर ग्राहकलाई सेवा दिईएको छ ।

आज बैंकले १४ वटा शाखाहरुबाट सेवा दिएको छ । जनकपुरमा पूर्वान्ह ११ वजेदेखि दिउँसो २ वजेसम्म, कोटेश्वरमा बिहान १० देखि १ वजेसम्म, बालाजुमा दिउँसो १ देखि अपरान्ह ४ वजेसम्म, बनेपामा पूर्वान्ह ११ वजेदखि दिउँसो २ वजेसम्म, टाँडीमा पूर्वान्ह ११ वजेदेखि २ वजेसम्म, न्यूरोड पोखरामा पूर्वान्ह ११ देख दिउँसो २ वजेसम्म, कास्की लेखनाथमा पूर्वान्ह ११ देखि २ वजेसम्म खुल्ला रहने छन् ।

यस्तै आज नेपालगञ्ज शाखा पूर्वान्ह ९ देखि मध्यान्ह १२ वजेसम्म, परासीमा बिहान १० देखि दिउँसो १ वजेसम्म, कञ्चनबारीमा १० देखि दिउँसो १ वजेसम्म, सुरुङ्गामा ११ वजेदेखि दिउँसो २ वजेसम्म, चन्द्रगढीमा पूर्वान्ह ११ देखि दिउँसो २ वजेसम्म, धरानमा पूर्वान्ह ११ देखि दिउँसो २ वजेसम्म र धनगढीमा पूर्वान्ह ११ देखि दिउँसो २ वजेसम्म खुल्ला गरिएको छ ।

बै‌ककाे सूचना यहाँ छ: