विश्व खाद्य दिवस-“स्वस्थ भविष्यको लागि सुरक्षित खाना” नाराकासाथै मनाईंदै

-



     सफल आवाज    
     असाेज ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० असोज । “स्वस्थ भविष्यको लागि सुरक्षित खाना” नाराकासाथ आज विश्वभरी ४१औं विश्व खाद्य दिवस मनाईंदै छ । खाद्य संकट तथा भोमरीकाविरुद्ध लड्नका लागि साझा प्रतिवद्धतासंगै विश्वभरी विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रको अंगिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेपछि सन् १९८१ बाट दिवस मनाउन थालिएको हो ।
नेपाल सन् १९५१ नोभेम्वरमा खाद्य तथा कृषि संगठनको सदस्य राष्ट्र भएको हो । सन् १९८१ मा “उब्जनी बढाऔं, सन्तुलित खाना खाऔं” नाराकासाथ पहिलो पटक खाद्य दिवस मनाईएको थियो ।

नेपाल कृषिप्रधान देश भन्दै आएतापनि वर्षेनि अर्बाै‌काे धान, चाकम, गहुँ, दलहन लगायतका खाद्यान्न आयात हुने गरेको छ । अहिले पनि ६० प्रतिशत नेपाली कृषिमा जोडिएको भएपनि खाद्यान्नमा आत्मनिर्भर हुन सकेको अवस्था छैन ।

सन् १९६० को दशमा फर्किदा नेपाल सो समयमा खाद्यान्न निर्यात गर्ने देशहरुको सूचीमा थियो । तर अहिले त्यो अवस्था छैन । विश्वभर अहिले जलवायु परिवर्तनले खाद्य संकट उत्पन्न भईरहेको छ । २१ औं शताव्दीको सबैभन्दा ठूलो चुनौती नै खाद्य संकट भएको छ ।