
पोखरा, २ कात्तिक । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्था बारे नेकपा एमालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी लिएका छन् ।
नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आएका पोखरेलले प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिदैं सोधे, ‘तपाईंलाई कस्तो छ ?
पोखरा आउने वित्तिकै पोखरेल जिसीलाई भेट्न उनको निवास पगेका हुन । एमाले महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व मन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल लगायतले प्रमुख जिसीलाई भेटेका थिए ।
भेटको क्रममा एमाले महासचिव पोखरेलले जिसीलाई ‘तपाईंलाई कस्तो छ ?’ भनेर सोध्दा जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताए । महासचिव पोखरेललाई जिसीले काठमाडौंमा उपचार गर्ने बेला अस्पताल बसाईंको अनुभव ठट्यौंली शैलीमा सुनाएका थिए ।
गत साउन १ गते अचानक मष्तिस्क घातभएपछि उपचारको लागि काठमाडौं गएका प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किएका हुन । फिजियोथेरापी बाहेकको अन्य उपचार पूरा भएको छ भने उनाँले अहिले नियमित फिजियोथेरापी गरिरहेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



