
काठमाडौं, ३ कात्तिक । सरकारले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले अविरल वर्षाले देशका विभिन्न भागमा गएको बाढी पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो। बैठकमा घरवार बगाएर बिचल्लीमा परेकालाई प्रति परिवार ५० हजार दिने निर्णय भएको बताइएकाे छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलका अनुसार बुधबार मध्यान्नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर निधन भएको छ । बैठकले उद्धार र राहत कार्यलाई पनि तिब्रता दिने निर्णय गरेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



