एनआईसी एशिया बैंकले गर्यो लाभांश वितरणको घोषणा

-



     सफल आवाज    
     कार्तिक ८ गते २०७८ मा प्रकाशित



कठमाडौं, ८ कात्तिक । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/२०७८ को लाभांश वितरणको घोषणा गरेको छ ।

बैंकको संचलक समितिको सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको १५.७८९४७ प्रतिशतले हुने १ अर्ब ८२ करोड ५८ लाख ९५ हजार ५८४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संचालक समितिले प्रस्ताव गरेको लाभांशको १५ प्रतिशतले हुने १ अर्ब ७३ करोड ४६ लाख ८०५ रुपैयाँ बराबरेका बोनस शेयर रहेको छ । यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशतले हुन आउने ९ करोड १२ लाख ९४ हजार ७७९ रुपैयाँ प्रस्ताव गरिएको छ ।

एनआईसी एशिया बैंकले प्रस्ताव गरेको उक्ता लाभांशको प्रस्तावलाई नेपाल बैंकले अनुमति दिएपछि आउने २४ औं वार्षिक साधारण सभामाबाट पारि गरी वितरण गरिने भएको छ ।

यसअघिको आर्थिक वर्षमा बैंकले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।