
काठमाडौं, १० कार्तिक ।माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त सभामा प्रमुख अतिथिको रुपमा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो तथा बिशेष अतिथिको रुपमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले आतिथ्य ग्रहण गरेका थिए ।
सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आ.ब. २०७७- ७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७८-७९ का लागि लेखापरिक्षकको नियुक्ती तथा आ.ब. २०७७-७८ को खुद तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी सामान्य प्रस्तावहरु पारित गरेको छ ।
यस्तै, बिशेष प्रस्ताव अन्तर्गत चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर, पुँजीबृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरुको प्रस्ताव पनि पारित गरेको छ । कम्पनीमा संस्थापक शेयरधनीको तर्फवाट एक जना संचालक निर्वाचित हुनु पर्ने प्रस्तावमा शेयरधनी शिखर इन्सुरेन्स लिमिटेडका प्रतिनिधि दिप प्रकाश पाण्डे निर्बिरोध निर्वाचित भएको बताइएको छ ।
कम्पनीको दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गर्दै कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेले हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको र कम्पनीले आगामी बर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, भेन्चर फण्ड, प्राइभेट इक्वीटी लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



