
काठमाण्डौ, ११ कात्तिक । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बाग्मति प्रदेश अन्तर्गत काठमाडौं महानगरपालिका ३२ मा रहेको तिनकुने एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयमा परिणत गरी कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको यो शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालयहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने बताइएकाे छ।
फाइनान्सकाे याे नयाँ शाखाबाट काठमाडौं महानगरमा बसोबास गर्ने सर्वसाधारणहरुलाइ उनिहरूकाे घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले बताए ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, सी आस्वा लगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले आगामी दिनहरुमा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप शाखाहरु स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



