
काठमाडौं, १२ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफासंगै प्रतिशेयर आम्दानी घटेको छ । संस्थाको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको सार्वजनिक भएको वित्तीय विवरण अनुसार सो अवधिमा खुद नाफासंगै प्रतिशेयर आम्दानी घटेको देखिएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म डिप्रोक्स लघुवित्तले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा गरेको छ । जो गएको वर्ष सोहि अवधिकोभन्दा १२.३७ ले बढी देखिन्छ । सो अवधिमा संस्थाले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गएको वर्षमा संस्थाले खराब कर्जा धेरै उठाउन सक्षम भएकोले संचालन मुनाफा घटेको थियो । खुद ब्याज आम्दानी १.२० प्रतिशत घटेको छ । ११ करोड ९ लाख २३ करोड २ लाख धनात्मक भएको छ । जोखिम व्यवस्थापनमा थोरै रकम छ्ट्याएको कारण संचालन मुनाफा धनात्मक भएको थियो ।
डिप्रोक्सको चुक्ता पूँजी ३८ प्रतिशत बढेको छ । जगेडा कोषमा ११.८० प्रतिशत बढेको छ । सापटी २४.१७ प्रतिशत, निक्षेप ३१.३७ प्रतिशत र कर्जा २७.८६ प्रतिशत बढेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ । ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैया ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा आएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



