संसद अधिवेशन अन्त्य

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार चालु अधिवेशन अन्त्य गरेकी हुन ।

यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । गएरातिबाट दुवै सदन अन्त्य भएको छ ।