
पोखरा, १३ कात्तिक । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदीपुरस्थित बीरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्तिक १९ गते अनाबरण गरिने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
साढे पाँच लाखको लागतमा निर्माण गरिएको सालिकको पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले अनावरण गर्ने पार्क निर्माण समितिका अध्यक्ष बसन्त कतिलाले जानकारी दिए । सो अबसरमा संस्थाले प्रकाशन गरेको स्मारिका समेत विमोचन गरिने छ ।
पवित्र धार्मिकस्थल नारायण स्थानसंगै रहेको पार्कलाई पनि धार्मिकसंगै पर्यटकिय स्थलको रुपमा विकास गर्न शालिक स्थापना गरिएको अध्यक्ष कतिलाले जानकारी दिए । करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कलाई ठोस गुरुयोजना बनाएर अझ व्यबस्थित बनाउने समितिको योजना रहेको उनले बताए ।
राजा राघवदेवको पालामा साख्वाले गरिबहरुको ऋण मोचन गरि दासत्वबाट मुक्ति दिलाएको अवसरमा नेपाल संवत चलाइएको धारणा रहेको छ । साख्वालाई सरकारले २०५६ साल मसिंर ३ मा राष्ट्रिय बिभूति घोषणा गरेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



