
काठमाडौं, १३ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले आज आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । बैंकले साताव्यापी कार्यक्रम गरेर वार्षिकोत्सव समापन गरेको प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले जानकारी दिएका छन् ।
बैंकको वार्षिकोत्सव समारोहमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले सहभागिलाई स्वागत गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आफ्नो मन्तब्य व्यक्त गरेका थिए भने प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सभा समापन भएको घोषणा गरेका थिए ।
१००औं शाखा सुर्खेतमा
बैंकले आजकै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था इ–नेवल नेपाललाई कृतिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले २ लाखको चेक हस्तान्तरण गरेका थिए ।
सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।
बैंकले आजकै दिन देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।
सांग्रिला डेभलपमेन्ट बैकले आफ्ना ग्राहक तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । बैंकले अवका दिनमा पनि यस किसिमको विश्वासको अपेक्षा राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सफल आवाजलाई बताए ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



