
जेनेभा [स्विजरल्याण्ड], १४ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नुभएको छ। सो अवसरमा उहाँहरू बीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ।
उक्त अवसरमा विश्व स्वास्थ्य संगठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र सम्भावित खतरा रोक्न सहमति जनाइएको छ । साथै आगामी विश्व स्वास्थ्य सम्मेलनको विशेष सत्रमा महामारी नियन्त्रणको तयारी सम्बन्धी अन्तरराष्ट्रिय सम्झौताबारे पनि छलफल भएको छ ।
यो भेट हालै देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका बीच भएकाले अर्थपूर्णरूपमा हेरिएको छ। रुसमा शनिबार मात्रै ४०,२५१ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १,१६० ले ज्यान गुमाएका छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




