
पोखरा, १५ कार्तिक । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सोमबार नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले समाज सेवामा रेडक्रसले उल्लेखिय काम गरेको बताए । जहाँ दु:ख छ, त्यहाँ रेडक्रस पुग्ने गरेको छ । परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित छ । भूकम्पकाे बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सँधै अगाडि बढेको नकार्न सकिदैन ।’
मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गरे । उनले भने, ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा लागिरह्यो । सबै कोरोनाबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देख्न पाइयो । महामारीमा एम्बुलेन्स सेवामा समस्या हुँदा समाधान भएर रेडक्रस उभियो । रगत अभाव समेत हुन दिएन । हाल केही हदसम्म भएको कोरोना नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनिय छ ।’
प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले रेडक्रसले पोखरा ८ सिर्जनाचोकमा बनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने बताए । उनले निर्माणाधिन अवस्थामा रहेको भवन आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने भएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही बजेट विनियोजन गर्ने र अन्य आवश्यक स्रोत साधनका लागि सम्बन्धित मन्त्रालयसँग समेत पहलकदमी गरिदिने बताए।
कार्यक्रममा रेडक्रस सोसाइटी गण्डकीका सभापति सुर्य ढकालले विपतका समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी गराए।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले २०२२ सालमा झोलाबाट संचालन भएको रेडक्रस क्रियाशिलताका आधारमा आज यहाँसम्म आइपुगेको बताए । उनले नागरिकलाई सरल रुपमा थप सेवा प्रवाह गर्न कास्की रेडक्रसले स्रोत साधनको उपलब्धतालाई थप विस्तार गरिरहेको बताए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



