
नानिङ, कार्तिक १६ । सन् २०२१ बेल्ट एण्ड रोड इन्टरनेशनल रेगाटा दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको बेहाइमा नोभेम्बर ४ देखि १२ सम्म आयोजना हुने स्थानीय खेलकुद ब्यूरोले मङ्गलबार घोषणा गरेको छ।
उक्त खेल (समुद्रमा खेलिने) मा चीन, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी र अन्य देश र क्षेत्रका १२० भन्दा बढी उच्चस्तरीय नौकायन खेलाडीहरू सहभागी हुनेछन् । उक्त प्रतियोगितामा भाग लिने सम्पूर्ण विदेशी खेलाडीहरू चीनमा आइपुगिसकेका छन् ।
चीनको पुरातन सामुद्रिक सिल्क रोडको प्रस्थान गर्ने बन्दरगाह मध्येको एकको रूपमा बेहाइले हालैका वर्षहरूमा विभिन्न समुद्री खेलहरूलाई प्रवर्द्धन गर्ने प्रयास तीव्र पारेको छ । बेइबु खाडी र आसियान क्षेत्रहरूमा बेहाइलाई महत्त्वपूर्ण घटना केन्द्रको रूपमा निर्माण गर्ने प्रयास गरिएको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




