
त्रिपोली [लिबिया], कार्तिक १६ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीट अनुसार हिजो राती ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये ४ जना महिला थिए। उनीहरू एक दिनअघि जुवाराबाट त्यता प्रस्थान गरेका थिए।”
“यो वर्ष तटीय सुरक्षाबाट यस्तै घटनामा झण्डै २८ हजार व्यक्तिलाई लिबिया फर्काइएको जनाइएको छ । लिबियाले २०११ देखि असुरक्षा र अराजकताको सामना गरिरहेको छ जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक आकर्षक केन्द्र बनाएको छ। यसै बीच संयुक्त राष्ट्र एजेन्सीले भर्खरै लिबियाका अधिकारीहरूलाई शरणार्थहरूको अवस्थालाई सम्बोधन गर्न आह्वान गरेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




