
काठमाडौं, १७ कार्तिक । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल चयन भएका छन । यही कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
आज नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा.नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोवारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनु पर्ने उल्लेख गरिन । साथै, मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउदै उहाँले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताइन ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालक पिएसओ को इजाजतपत्र प्राप्त कम्पनी हो । बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवद्र्वक रहेका छन् । यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत प्रवाह भैरहेको छ । कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा डिजिटल पेमेन्ट प्लेटर्फम,स्मार्ट क्युआर,डिजिटल बैंकिङ्ग र पेमेन्ट गेटवेको सेवा समेत उपलब्ध गराउदै आएको छ ।
अध्यक्ष सुमन पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको बिद्युतीय भुक्तानीलाई प्रवद्र्घन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढने प्रतिवद्दता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंल, निर्देशक निश्चल अधिकारी, उपनिर्देशक तिर्थ ओझाका साथै एससिटिका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको उपस्थिति रहेको थियो ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



