कति हाेला नेपाल बंगलादेश बैंकका सीईओ र संचालकहरूकाे वार्षिक तलब भत्ता ?

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले तलब भत्ता वापत मासिक ११ लाख ७५ हजार रुपैयाँ बुझ्ने गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले बैंकबाट मासिक ११ लाख ७५ हजार रुपैयाँका दरले तलब भत्ता बुझेका हुन् ।

ढुंगाना वाणिज्य बैंकका प्रमखु कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत हुन् । बैंकले दिएको जानकारी अनुसार उनले एक वर्षमा १ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । अघिल्ला दुई वर्षसम्म लगातार उनले तलब भत्ता वापत वार्षिक १ करोड ४१ लाख रुपैयाँ नै बुझेका छन् । यस अर्थमा उनको तलब तीन वर्षदेखि वृद्धि नभएको देखिएको छ ।

गत आर्थिक वर्षमा यस बैंकका सञ्चालकहरुले २४ लाख ९२ हजार ५ सय रुपैयाँ भुक्तानी लिएका छन् । बैंकका प्रवन्ध तहका कर्मचारीहरुले भने ५ करोड २५ लाख ९० हजार रुपैयाँ तलब र तलबकोे दोब्बर १० करोड ४२ लाख २५ हजार ५ सय ७७ रुपैयाँ भत्ता वापत बुझेका छन् ।