मेक्सिकोमा भएकाे सडक दुर्घटनामा १२ को मृत्यु

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित



मेक्सिको २४ कात्तिक । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो ।

त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा परेर तीन जना होन्डुरसका नागरिक घाइते भएका बताइएको छ । ती दुई भ्यान आपसमा ठोक्किन पुग्दा एउटा भ्यानका सात जना र अर्काका पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।