राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीद्वारा अपाङ्गता समावेशी जनगणना २०२१ अभियान सुरु(भिडियाे)

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित



पोखरा, २४ कात्तिक । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकीले गण्डकी प्रदेशमा अपाङ्गता समावेशी जनगणना २०२१ अभियान सुरु गरेको छ ।

महासंघले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर अन्तराष्ट्रिय स्तरमा तुलनायोग्य तथ्यांकको अभावमा नेपाली अपाङ्गता भएका व्यक्तिहरु अझैं पनि विकासको मूलधारमा आउन नसकेको महासंघका अध्यक्ष खाेमराज शर्माले बताएका छन् ।

नेपालको संविधान, ऐन कानून तथा अपाङ्ता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि २००६ मा उल्लेख भएको राजनैतिक, सामाजिक तथा आर्थिक अधिकार उपभोग गर्नबाट समेत बञ्चित भएको उनले बताए ।

तुलनायोग्य जनगणनाले पछाडी पारिएका, सिमान्तकृत समूहको बास्तविक तथ्यांक बाहिर ल्याउन सक्नुपर्ने र उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार सम्बन्धी योजना बनाउनु पर्ने जारि बिज्ञप्तीमा जनाईएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालय र केन्द्रीय तथ्यांक विभागले “मेरो जनगणना : मेरो सहभागिता” भन्ने मूल नारासहित हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई अपाङ्गता समावेशी बनाउन गरेका प्रयासहरु सह्रानिय भएको बताईएको छ ।

अहिले भएका सकारात्मक प्रयासलाई थप बल पुर्याउन र गण्डकी प्रदेशमा बसोबास गर्ने सबै अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्यांक ल्याउन सकियोस् भन्ने उदेश्यले महासंघले गण्डकी प्रदेशमा अपाङ्गता समावेशी जनगणना २०२१ अभियान थालेको अध्यक्ष खोमराज शर्माले सफल आवाज लाई बताए ।

अपाङगता भएका व्यक्तिहरुको लागि राष्ट्रिय जनगणना किन महत्वपूर्ण छ ? अध्यक्ष खोमराज शर्माको बिचार सुनौं ।

सफल आवाज