राष्ट्रपति सी एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिदैं

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित



बेइजिङ, २५ कार्तिक । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिने भएका छन् ।

सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिनेछन् । विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सो कुराको जानकारी गराएका हुन । राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो मार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताकोरूपमा सम्बोधन गर्ने विदेश मन्त्रालयले जनाएको छ ।