सांग्रिला बैंकको १०२ औं शाखा मणिग्राममा खुल्याे

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा रुपन्देहीको मणिग्राममा खुलेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा तिलोत्तमा ५ स्थित मणिग्राममा बिहिबारदेखी शाखा संचालनमा ल्याएको हो ।

मणिग्राम शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै अब सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ सेवा पुग्नेछ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बैकका नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशीले बताए ।