
पोखरा, २६ कात्तिक । उद्योगपति सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ ।
पोखरा महानगरपालिका ९ नयाँबजार स्थित माछापुच्छ्रे बैंक लिमिटेडको परिसरमा निमार्ण गरिएको अर्धकदको सालिकको स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले शुक्रबार एक कार्यक्रमकाबिच अनावरण गरेकी हुन। सालिक भक्तपुरका कलाकार विकल प्रजापतिले निर्माण गरेका हुन् ।
२०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी व्यापार व्यवसाय र निर्माणकाे क्षेत्रमा संलग्न हुँदै २०४१ देखि २०४६ सालसम्म तत्कालिन पोखरा पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । बैंक तथा वित्तिय क्षेत्रको विकासविना उद्योग व्यवसाय फस्टाउन नसक्ने मान्यता राख्ने केसीको पहलमा पोखरामा माछापुच्छ्रे बैंक लिमिटेडको स्थापना भएको थियो ।
कार्यक्रममा बोल्दै स्वर्गीय केसीका जेठा छोरा प्रकाश केसीले सबैको साथ र सहयोगका कारण माछापुच्छ्रे बैंक हाल देशकै अग्रणी बैंक बन्न सफल भएको बताए ।
तत्कालीन प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको गतबर्ष कात्तिक १४ गते ६३ बर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा स्वर्गीय केसीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



