काठमाडौंमा थपियो नयाँ पाँचतारे होटल, ५ अर्ब लगानीमा गोल्यान समूहले भित्र्यायो ‘ह्यात प्यालेस’

- औपचारिक रुपमा भोलिदेखि सञ्चालनमा आउने

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक। काठमाडौंको सोल्टीमोडमा ह्यात प्यालेस होटल सञ्चालनमा आएको छ । अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्यालेस सञ्चालनमा आएको हो ।

शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्यालेस ५ अर्ब लगानीमा सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।

व्यवसायिक घराना गोल्यान समूहले सुरुवाती चरणमा होटल हायात प्यालेस रहेको दुईवटा भवन अपार्टमेन्टका लागि भनेर निर्माण गरेको थियो । तर, अपार्टमेन्ट बन्दा नबन्दै विश्वमा कोभिड–१९ को महामारी फैलिन पुग्यो । यसले अपार्टमेन्ट व्यवसायमा समेत प्रभाव पर्न गयो र यस समूहले अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम हायात प्यालेस काठमाडौं जन्मिएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । कोरोनापछि योजना बदलेर निर्माण गरिएकाे सम्पुर्ण सुबिधा सम्पन्न याे हाेटल छिटै ग्राहककाे राेजाइकाे हाेटल बन्ने अपेक्षा गरिएकाे अध्यक्ष गोल्यानकाे भनाइ छ ।