
काठमाडौं, २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिकाको उपल्लो हिमाली क्षेत्रमा भीषण हिम पहिरो गएको छ । वडा नं २ को कोवाङ, लार्जुङ तथा बोक्सि खोला माथिको उच्च हिमाली भेगमा हिम पहिरो गएको हो । हिम पहिरो पूर्वान्ह ११ वजे गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
हिम पहिरो गएपछि स्थानियवासि त्रसित भएका छन् । हिम पहिरो खस्दा ठूलो आवाज आएको, धुँवाँ निस्केको जस्तो दृश्य देखिएको तथा पात पतिंगर र हिउँका डल्लाहरु टाढा टाढासम्म उछिट्टिएको स्थानियले बताएका त्यहाँ रहेका पत्रकार दिननाथ वरालले बताए ।
हिम पहिरो खस्न थालेपछि त्रसित भएर भाग्न खोज्दा केहि विद्यार्थी र स्थानिय घाईते भएका छन् । जनआदर्श अमरसिंह माविका विद्यार्थी तथा शिक्षकको भागदौड मच्चिदा दुई शिक्षक र एक विद्यार्थीको खुट्टामा गम्भिर चोट लागेको छ । विद्यालयका प्रधानाध्यापक खेम गुरुङले अहिले सबैलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् । अन्य क्षेतीको विवरण आईसकेको छैन । अनुसन्धान र खोजतलासको काम भईरहेको प्रहरीले बताएको छ ।
हिउँको पहिरोले बोक्सि खोला थुनिएको छ भने खोला थुनिएपछि अर्को विपद् आईपर्ने होकि भन्ने डर थपिएको छ । घटना भएको थाहा पाउने बित्तिकै गण्डकी प्रदेशका अर्थमन्त्रीसहितको टोली त्यस क्षेत्रमा पुगेर वस्तुस्थिति बुझ्ने काम गरेको वरालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले थासाङ गाउँपालिका धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिउँपहिरो खसेको जानकारी दिएको छ । स्थानिय अमृत तुलाचनका अनुसार विदेशमा ज्वालामुखि गएकाे जस्ताे दृश्य देखेकाे बताए ।
प्रत्यक्षदर्शीले के देखे ?






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



