
पोखरा, ३० कात्त्कि । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७ जना कार्यकर्ता बिहानै पोखरामा पक्राउ परेका छन् । नेपाल बन्द गराउन भन्दै बिहानै सडकमा उत्रिएका उनीहरुलाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेकपा कास्की जिल्ला सदस्य तथा कार्यालय सचिव काजी गुरुङ, अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटिका उपाध्यक्ष युवराज लगायतका रहेका छन् । उनीहरुलाई छोरेपाटनबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
नेपाल बन्दलाई सफल बनाउन भन्दै बिहानै उनीहरुले सडकमा उत्रिएर टाएर बालेर विरोध प्रदर्शन गरेका छन् । नेकपाकी कास्की जिल्ला इन्चार्ज उमा भुजेलले नेकपाका नेता तथा कार्यकर्ताहरु गाउँपालिका तथा बजार क्षेत्रमामा खटिएको बताइन ।
पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुमा गरिएको मूल्यबृद्धिको विरोधमा नेकपाले मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल बन्द आयोजना गरेको हो । बन्दको क्रममा पक्राउ गरिएका कार्यकर्ताहरुलाई सिघ्र रिहाई गर्न नेकपाले माग गरेको छ ।
बन्दको क्रममा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुध बोक्ने गाडी, दमकल लगायत अत्यावश्यक सेवाहरुलाई खुल्ला गरिएको जनाईएको छ ।
बजार, व्यवसाय, विद्यालय, कलेज, उद्योग कलकारखाना लगायतका क्षेत्र बन्द रहने जनाईएको छ । एकाध ट्याक्सी माेटरसाइकल चलेका भएपनि राजमार्ग तथा बजार क्षेत्र सुनसान छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



