जान्बी परिक्षामा पहिलो भए कामना सेवा विकास बैंकका कर्मचारी भण्डारी

-



     सफल आवाज    
     मंसिर ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ मंसिर । कामना सेवा विकास बैंकका कर्मचारी निरञ्जन भण्डारी प्रोफेसनल बैंकिङ सर्टिफिकेसन कोर्ष जान्बी परिक्षामा पहिलाे स्थान प्राप्त गर्न सफल भएका छन् ।

बैंकको इन्टरनेशनल अडिट एण्ड कम्प्लायन्सका प्रमुख भण्डारीले सन् २०१९ डिसेम्बरमा भएको परिक्षामा पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन । गएको मंसिर २ गते काठमाडौंमा आयोजना गरिएको जान्बी तथा क्यान्बीको छैंठौं र चौथो वार्षिक उत्सवमा भण्डारीलाई सम्मान गरिएको जनाईएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भण्डारीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा एनबीआईका अध्यक्ष सुमेद भट्टराई, प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल, बैंकर्स एसोसिएसन प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायलगायतको सहभागिता रहेको थियो ।

यसैबीच कामना सेवा विकास बैंकले भण्डारीले प्राप्त गरेको सफलताले बैंकमा थप सिकाईको वातावरण निर्माण हुने जानकारी दिएको छ ।