कुमारीपाटीमा खुल्याे सानिमा बैंकको प्रायोरिटी काउन्टर

-



     सफल आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित



काठमाडौं,५ मंसिर । सानिमा बैंकले कुमारीपाटीमा प्रायोरिटी काउन्टर सुरू गरेकाे छ । बैकले आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी प्रधान कार्यालय नक्सालमा संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मंसिर ५ गतेदेखि ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको हाे।

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैकले जनाएकाे छ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रुपमा गरेका थिए ।

बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । सानिमा बैंकको हालसम्म देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।