ग्लोबल आइएमई लघुवित्तले आव्हान गर्यो साधारण सभा, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गते नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले वार्षिक साधारण सभा पोखरा होटल ग्राण्डमा बिहान १० वजे आव्हान गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्षका लागि संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयरलाई छलफलपछि पारित गर्नेछ ।

यस्तै सभामा संस्थाको चुक्तापूँजी तथा जारी पूँजी बृद्धि गर्ने प्रस्तावलाई पारित गरिने भएको छ । सभामा उपयुक्त लागेका लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि आवश्यक कार्य गर्नका लागि संचालक समितिलाई अख्त्यिारी दिने प्रस्तावलाई पारित गरिने भएको छ ।

यस्का साथै साधारण सभामा गएको आर्थिक वर्षको वार्षिक प्रतिवेदन, अन्य आर्थिक प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिने भएको छ ।

लघुवित्तको साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गरिने भएको छ । मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांंश प्राप्तिका लागि योग्य मानिने छन् ।