नेपाल टेलिकमले पायो फाइभ जी परिक्षणको अनुमति

-



     सफल आवाज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । नेपाल टेलिकमले फाइभ जी परिक्षणको अनुमति प्राप्त गरेको छ । नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएपछि फोर जीबाट इन्टरनेट अपग्रेड भएर अझैं व्यवस्थित र सेवामुखि हुने अपेक्षा गरिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलाई २६०० व्याण्ड फ्रिक्वेन्सीमा फाइभ जी परिक्षणको अनुमति दिएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले बताएका छन् ।

यसभन्दा पहिले पनि नेपाल टेलिकमलाई फाइभ जी परिक्षणको लागि अनुमति दिईएको थियो । तत्कालिन अवस्थामा संचारमन्त्री पार्वत गुरुङको नेतृत्वमा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले फाइभ जी परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

पछिल्लो पटक टेलिकमले फाइभ जी परिक्षणको अनुमति पाएपछि एक वर्षको समयावधिमा फाइब जी परिक्षण गर्ने प्राधिकरणले जानकारी दिएको छ ।