
काठमाडौं, ९ मङ्सिर । काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । कामपाको ७१ औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित पाँच जना र होटल सङ्घ, नेपालका तर्फबाट चार जना गरी नौ जनाको निर्देशक समिति निर्माण गरिने पनि जनाइएको छ ।
वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै कामपा राजस्व विभागका प्रमुखको संयोजकत्वमा सङ्घको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ । मङ्गलबार बसेको बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७औँ महानगर दिवस मूल समारोह समिति गठनसमेत गररेको छ ।
समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्य रहनेछन् । त्यसैगरी बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनःस्थापना केन्द्र नेपाल र मस्तिष्कघात स्वाबलम्बन समूह नेपाल गरी चार वटा संस्थालाई आर्थिक अनुदान गर्ने दिने निर्णय पनि गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



