
काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज आईतबार अन्तिम मौका रहेको छ। बैंक संचालक समितिले लाभांश वितरणका लागि मंसिरको २७ गते १५ औं वार्षिक साधारण सभा डाकेको छ । १३.५ प्रतिशत लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १३ गतेदेखि बुक क्लोज गर्ने जानकारी गराएको छ ।
बैंकका अनुसार आईतबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ लाग्ने ३.५ प्रतिशत नगद लाभांशसहित १३.५ प्रतिशत लाभांश पाउने भएका छन् । साथै उनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।
बैंकको मंसिर २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान १० वजे बोलाईएको साधारणा सभामा प्रस्तावित लाभांश वितरणको प्रस्तावमाथि छलफलपछि पारित गरिने भएको छ । सभामा आर्थिक प्रतिवेदन, नाफा घाटाको हिसाब, नगद प्रवाह लगायतका विषयमाथि छलफल गरी पारित गरिने छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



