निर्वाचनमा पर्चाहरु बाँडिदैन र ? कुनै अनौठो होईन : महासचिव पोखरेल

-



     सफल आवाज    
     मंसिर १४ गते २०७८ मा प्रकाशित




चितवन, १४ मंसिर । तपाँईहरुले के कुरा बुझिदिनु पर्यो भने निर्वाचनमा पर्चाहरु बाँडिदैन र ? नबाँडेको कुनै निर्वाचन छ र ? यो कुनै अनौठो कुरा होईन र म मान्दिन पनि ।

प्रसंग चितवनमा जारि नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचनको हो । यो कुरा विभिन्न कोणबाट सकारात्मक, लोकतान्त्रिक पद्धतिलाई अंगिकार गरिएको भनेर पनि भनिएको छ । अर्कोतर्फ संस्थापन पक्ष हावि भयो प्रतिद्वन्दि डा भीम रावललाई भोट नदिनु भन्दै पर्चा बाँडियो भनेर हल्ला पनि गरिएको छ ।

महाधिवेशनमाका बारेमा बाहिर आएको हल्ला वा प्रचारको शैलीको कुरालाई नेकपा एमालेका निर्विरोध निर्वाचित नेता महासचिव शंकर पोखरेलले ट्रिट गर्दै पत्रकारहरुलाई भने, पर्चा बाँड्न अनौठो कुरै भएन नि । महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा पार्टीको औपचारिक प्रस्ताव अनुसार भएको हुनाले अन्यथा लिने कुरै छैन ।

महासचिव पोखरेलले बिहान पत्रकारहरुलाई भने, त्यो कुरा पार्टीको औपचारिक प्रस्ताव हो । अर्को पक्षका कमरेडहरुले अन्यथा लिनु र प्रचार गर्नु अस्वाभाविक पनि त भएन । आफुनो आफ्नो पक्षको प्रचार भएको छ । उहाँहरुले पनि आफ्नो पक्षको प्रचार गर्नुभएकै छ । यो कुरा अध्यक्ष मण्डलको घोषित कुरा भएको प्रष्ट छ नि ।

नेकपा एमालेको नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने प्रयास विफल भएपछि बिहान ४ बजेदेखि मतदान भएको हो । महाधिवेशनमा प्यानल नबनाउने भनिएको भएपनि अध्यक्षका प्रत्यासि डा भीम रावल, नेता राम बहादुर थापा वादल, टोप बहादुर रायमाझी, लेखराज भट्ट लगायतकाे नाम लेखिएकाे पर्चा नेताका हात हातमा थियाे ।

यस्तो छ बाँडिएको पर्चा र उल्लेखित नामहरुको सूचीः