
काठमाडौं, १४ मंसिर । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको दोस्रो क्याविनेट मिटिङ आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुने भएको छ । विश्वको सबैभन्दा ठूलो यो डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङको विजनेस सेशन मंसिर १७ गते शुक्रबार २ बजेबाट स्काई रेष्ट्रो सामाखुसीमा हुनेछ । त्यस्तै दोस्रो क्याविनेट मिटिङको प्लेनरी सेशन भने प्रज्ञा भवन कमलादीमा शनिबार हुने दोस्रो क्याविनेट मिटिङका संयोजक लायन आर वी अधिकारीले बताएका छन ।
शनिबारको दाेस्राे क्याविनेट मिटिङको दिन विहान साढे ७ बजे भृकुटी मण्डपबाट प्रज्ञा भवनसम्म परेड रहने समेत बताइएको छ । क्याविनेट मिटिङमा सहभागी सबैलाइ उक्त लायन्स परेडमा सामेल हुन हाेस्ट क्लबले अपिल गरेकाे छ ।
हाेस्ट क्लबले बताए अनुसार प्रि रजिष्ट्रेशनको समय आज नाेभेम्बर ३० तारिखसम्म तोकिएको छ । आज मंगलबार दिउँसोसम्म करिब १५०० लायन्सले सहभागी हुन नाम दर्ता गराइसकेको समेत रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ ।
सदस्य संख्याको हिसाबले विश्वको सबैभन्दा ठुलो डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यस पटकको दोस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले बताए । शुक्रबार र शनिबार हुने यो क्याविनेट मिटिङमा पिडिजी ज्यूहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी ३००० को हाराहारीमा लायन्सकाे सहभागीता रहने अपेक्षा गरिएको गर्भनर आचार्यले बताएका छन् ।
आयोजक कमिटीका अनुसार दोस्रो क्यविनेट मिटिङको पहिलो दिन शुक्रबारका लागी सम्पूर्ण पिडिजीहरु,रिजन, जोन, क्लस्टर, मोडल भिलेज चिफ सहित क्याविनेटका डिर्पाटमेन्ट चिफ पदसम्मका सिनियर लिडरहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

शनिबार भने क्याविनेट मिटिङमा नाम दर्ता गर्ने सम्पूर्ण लायन्स साथीहरु सहभागी हुन पाउनेछन् । यो ऐतिहासिक दोस्रो क्याविनेट मिटिङलाई भव्यताका साथ सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर आचार्यले सम्पूर्ण लायन्स साथीहरुलाई आग्रह गरेका छन् । लायन वर्ष २०२१- २२ मा डिष्ट्रिक्टका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्ने केही लायन्स लिडरहरु र क्लवलाई डिष्ट्रिक्टले उक्त क्याविनेट मिटिङमा सम्मान गर्ने तयारी गरेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।
काठमाडौंमा हुन गहिरहेको यस पटकको दोस्रो क्याविनेट मिटिङलाई लायन्स क्लव अफ काठमान्डौं स्वयम्बु टाउनले होस्ट गरेको छ । क्याविनेट मिटिङ सम्पन्न गर्न लायन आर वि अधिकारीको संयोजकत्वमा विभिन्न उपसमिती बनाएर काम भइरहेको डिष्ट्रिक्ट सचिवालयले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



