इन्सेककाे मानवअधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुती तालिम पाेखरामा

-


     सफल आवाज    
     मंसिर १६ गते २०७८ मा प्रकाशित


पाेखरा, १६ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजनामा मानवअधिकार शिक्षा रेडियो कार्यक्रम उत्पादन तथा प्रस्तुती सम्बन्धी दुई दिने तालिम मंसिर १६ गतेदेखी पोखरामा सुरु भएको छ ।

मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले तालिमको उद्धेश्य माथि प्रकाश पार्दै रेडियो कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको बताए । उनले मानवअधिकार शिक्षा कार्यक्रम मार्फत मानवअधिकारका विषयलाई कसरी उठान गर्न सकिन्छ भन्नेबारे तालिम सिकाई हुने बताए । तालिमले रेडियो कार्यक्रमको कन्टेन्टलाई मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे।

इन्सेक बागमती प्रदेश कार्यलय संयोजक कृष्ण गौतमले प्रदेश कार्यलयहरुबाट कार्यक्रमहरु उत्पादन र प्रशारण गरेयता एकरुपता आउन नसकेका कारण तालिमको आवश्यकता परेको बताए।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले प्रदेश स्तरबाट हाल सम्म ७१ वटा कार्यक्रम प्रशारण भइसकेको अवस्थामा त्यसको अनुभव साटासाट गर्ने र थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा तालिमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मानवअधिकार सवालहरु फरक फरक रहने हुँदा एक आपसमा अन्तरक्रिया गर्दा थप नयाँ विषयहरु आउन सक्ने भएकाले पनि तालिम प्रभावकारी हुने उनले बताए।

दुइ दिने तालिममा मिडियाको भाषा र विशेषता, फिचर, रेडियो म्यागेजिन र अन्तरवार्ता विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक तथा संचारकर्मी श्रीराम पौडेल प्रशिक्षकको रुपमा रहेका छन् ।

यस्तै समाचार र यसका विशेषता, समाचार र मानवअधिकार विषयमा मानवअधिकार विषयमा रमेश तिमल्सिना र मदन पौडेलले सहजिकरण गरेमा छन् । तालिममा इन्सेकको सात वटै प्रदेशका कार्यक्रम अधिकृत, प्रस्तोताहरु सहभागी रहेका छन् ।