
काठमाडौं, २० मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत तारा बरालको जीवन रक्षाका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । आयोगले जीवन जोखिममा राखेर अनशन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न बराललाई आग्रहसमेत गरेको छ । आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ ।
गत कात्तिक ३० गतेदखि सर्वोच्च अदालतलाई पूर्णरूपमा तत्काल सञ्चालन गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालयअगाडि प्रदर्शन गर्दा महिलामाथि दुव्र्यवहार गरी अपशब्द बोल्ने वकिलहरुलाई कारवाही गर्नुपर्ने, एमसिसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्णरूपमा खारेज गर्नुपर्ने भन्ने माग राख्दै आमरण अनशनमा बसेका थिए ।
अनशनरत बरालको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । आयोगको अनुगमन गर्दा बरालको स्वास्थ्यस्थिति थप जटिल अवस्थामा पुगेको जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



