कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै

-



     सफल आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको छ । आजबाट सुरु हुन लागेको १४औं महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै संस्थापन इतर समूहले दाबी गरेको छ ।

कांग्रेस सभापतिको लागि उम्मेदवारीसमेत घोषणा गरेका विमलेन्द्र निधिसमेत पौडेललाई समर्थन जनाएपछि पौडेलको पक्षमा समर्थन बढ्दै हो । अहिलेसम्म सभापति पदको लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाको नाम चर्चामा थियो । विमलेन्द्र निधि र शशांक कोइरालाले पौडललाई समर्थन जनाएपछि उनको पक्षमा समर्थन जुट्दै गएको हो ।

पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । देउवा र सिंहबाहेक अन्य आकांक्षीहरुले पौडेललाई समर्थन गर्ने पौडेलको सचिवालयले जनाएको छ ।